झापा ।
पछिल्लो २४ घण्टामा झापामा २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी देशभर ४ हजार ९ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १ सय २३ जनाको परीक्षणमा ४ हजार ९ सय ४ जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा २ हजार १ सय १५ जना निको भएका जनाइएको छ ।
शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २० हजार ६८० पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार १ सय ५० पुगेको छ भने ६ लाख ७३ हजार १ सय ९८ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयले दिएको जानकारी हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ३२ जना रहेका छन् । जसमध्ये ३३ हजार ९ सय ८५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३ सय ४७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७ सय ६१ जना आईसीयू र १ सय ७६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका १ सय ३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २ सय ४१ जना कोरोना संक्रमित थपिएका छन् ।