काठमाडौं । 

 नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले कोरोना देश अनुसार फरक–फरक कोरोना भाइरसविरुद्ध  खोप लगाउनु पर्ने बाध्यता भएको बताएका छन् ।  उनले वैदेशिक रोजगारीमा जाने कामदारलाई झन्झट भएको भन्दै सकेसम्म सम्बन्धित मुलुकले मान्यता दिएको खोप नेपालमै उपलब्ध गराउने विषयमा पहल गर्नुपर्ने माग अघि सारेका छन् ।

नेपालमा रहेका कतार, यूएई, साउदी अरब, मलेसियाजस्ता रोजगारदाता मुलुकका दूतावासहरुसँग संघले तत्काल छलफल  गरी समस्या समाधान गर्न सकिने  उनको भनाई छ ।

वैदेशिक रोजगारमा जाने युवा युवतीलाई नेपाल सरकारले सहज तरिकाले खोप दिने प्रयास गरेको भएपनि वैदेशिक रोजगारमा जाने कामदारहरुको लागि सम्बन्धित मुलुकको सरकारले  अनुमोदन ‘एप्रुभ’ गरे अनुसारको भ्याक्सिन नेपालमै उपलब्ध गराउनु जरुरी रहेको गुरुङले बताए । हाल रोजगारीमा जानेले जोनसन एण्ड जोनसन खोपको माग गर्ने गरेका छन् ।