काठमाण्डौ । 

पछिल्लो २४ घण्टामा देशभर तीन हजार ६ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने  थप २२ जनाको मृत्यु भएको छ। १० हजार चार सय ४५ जनाको पीसीआर र ६ हजार एक सय ४९ जनाको एन्टिजेन गरी १६ हजार पाँच सय ९४ जनाको नमुना परीक्षण गर्दा तीन हजार ६ सय ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 


२४ घण्टामा कुल परीक्षणको २२ प्रतिशतभन्दा धेरैमा सङ्क्रमण देखिएको हो । योसहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख ८६ हजार ६ पुगेको छ ।  यस्तै पछिल्लो २४ घण्टामा एक हजार सात सय ८४ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ७१ हजार ८३ जना पुगेको छ । 

 कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार एक सय १५ जना पुगेको छ ।