काठमाडौँ ।
सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमा स्वीकृत गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाएका छन् । साथै बैठकले विभिन्न निर्णय गरेको जनाइएको छ ।