काठमाडौं ।

  वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाइने भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले   विदेशमा रहेका नेपाली नागरिकहरुले प्राप्त गरेको पुँजी र प्रविधिको उच्चतम प्रयोग गरि सुरक्षित र मर्यादित गरिने भएको जनाइएको छ । 


 सरकारले न्युनतम साझा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त नीति सार्वजनिक गरेको हो ।  न्युनतम साझा कार्यक्रममा कोरोना भाइरस (कोभिड–१९)  को विश्वव्यापी प्रकोपका कारण उत्पन्न वैदेशिक रोजगारको समस्यालाई हल गर्न,  वैदेशिक रोजगारलाई सुरक्षित तथा मर्यादित बनाउन कूटनीतिक संयन्त्र परिचालन गर्ने, न्युनतम साझा कार्यक्रममा मजदुर, किसान, बौद्धिक पेशाकर्मीहरु लगायत श्रमजिवी वर्गको कामको सम्मानका साथै रोजगारको ठोस् नीति बनाउने, शैक्षिक बेरोजगारलाई प्रमाणपत्र धितो राखी दिइने ऋण सहजरुपमा उपलब्ध गराउने उल्लेख छ ।


  त्यसैगरी सरकारले पुँजी र प्रविधिसहित फर्किएका नेपालीलाई देशमा रोजगारमुलक व्यवसाय गर्न प्रोहत्साहित गर्ने,  न्युनतम साझा कार्यक्रमले गैर आवासीय नेपाली संघ तथा वैदेशिक रोजगारमा रहेका नेपाली कामदारहरुले लामो समयदेखि मागका रुपमा उठाउँदै आएको मतदानको व्यवस्था गर्नेसमेत प्रतिवद्धता जनाएको छ ।