काठमाडौं ।
पहिलो मात्राको कोरोना खोप लगाएका ज्येष्ठ नागरिकलाई सोमबारदेखि दोस्रो मात्राको कोभिसिल्ड खोपको दिन लागिएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा खोप महाशाखाले जापान र भुटानबाट आएका खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई दिन लागिएको जनाएको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले काठमाडौं जिल्लामा १४४ खोप केन्द्रमार्फत कोभिसिल्डको पर्खाइमा रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइने जानकारी दिए । यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै एस्ट्राजेनेका खोप लगाइने भएको छ ।