काठमाडौं ।
सरकारले नेपालमै खोप उत्पादनका लागि भ्याक्सिन ल्याब स्थापना गर्ने भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रम घोषणा गर्दै सोमबार सरकारी कार्यदलका संयोजक पूर्णबहादुर खड्काले यस्तो घोषणा गरेका हुन् ।
स्वास्थ्यकर्मी, सफाइकर्मीलगायतलाई प्रोत्साहन भत्ता उपलब्ध गराइने, राष्ट्रसेवकलाई व्यक्तिगत सामग्री उपलब्ध गराउने, अस्पतालको भौतिक पूर्वाधारमा विकास गर्ने, कोरोना नियन्त्रणमा सचेतना बढाउने लगायत पनि संयुक्त सरकारको नीति रहेको छ ।
‘स्वास्थ्य सामग्रीमा भएका अनियमिततालाई छानबिन गर्ने र दोषी देखिएका व्यक्ति संस्था उपर कानुनी कारबाही गर्ने उनले बताए ।


















