संखुवासभा ।
संखुवासभा मकालु गाउपालिका –३ नयाँ बस्ती भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका –२ घर भई हाल सोही स्थानमा निर्माणाधिन अरुण तेस्रो जलबिद्युत आयोजनाको रोयल हाईड्रो कम्पनीमा काम गर्ने मजदुर ५२ बर्षीय खड्ग बहादुर गुरुङ रहेका छन् ।
शनिबार हेदाङना बजार गएर बेलुका फर्केने क्रममा बाटोमा रहेको भिरबाट अचानक लडेर लगभग ६०÷७० मिटर तल झरी मृत अबस्थामा गुरुङ भेटिएको प्रहरीले जनाएको छ । मृतकको सव आज बिहान ११ बजे फेला परेको थियो । घटनाको बिषयमा जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।


















