दानावारी ।
झापाको बिर्तामोड–२ चारपाने केन्द्रिय कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था दानावारी सेवा केन्द्रले सेवा मुलक कार्य, स्थानिय स्तरमा राहत कार्यक्रम, आय आर्जन तथा सिपमुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
दानावारी सेवा केन्द्रले आयोजना गरेको ऋण मिनाह कार्यक्रममा अनुगमन अधिकृत चुडामणी कट्टेलले संस्थागत गतिविधि संस्थाले गरेका महत्वपुर्ण सामाजिक कार्यहरुका वारेमा जानकारी दिएका हुन् ।
उनले गत वर्ष कोरोना महामारीमा संस्थाले आफ्ना शेयर सदस्यलाई सापटी रकम ५ हजारका दरले वितरण गरेको, ऋणको पाकेको व्याजमा दश प्रतिशत छुट गराएको, झापाको कन्काईस्थित कोटीहोमा पिसीआर ल्याव स्थापना गर्न प्रमुख अगुवाइृ गरी ल्वाव स्थापना गर्न सफल भएको, हाल कोरोना पोजेटिभ आफना सदस्यलाई पोषण सामाग्री वितरण र होम आईसोलेसनमा रहने सदस्यलाई रु ७ हजार कोरोना सहायता रकमसमेत वितरण गर्दै आएको जानकारी गराए ।
सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिनाले गत आ व ०७७÷०७८ मा सेवा केन्द्रले गरेका आर्थिक तथा अन्य गतिविधिका वारेमा जानकारी गराएका थिए ।
दानावारी सेवा केन्द्रमा २०७८ असार मसान्त सम्ममा २ हजार ३ सय ५९ जना सदस्यले कारोवार गरेको उनले उल्लेख गरे । सेवा केन्द्रको ऋण लगानी १३ करोड ८९ लाख ,वचत ११ करोड २६ लाख रहेको, सेवा केन्द्रको मुनाफा ७५ लाख रहेको जानकारी दिए । त्यसैगरी सेवा केन्द्रमा सदस्यलाई विमा, रेमिटान्स तथा निशुल्क मोवाईल वैकिङ र एसएमएस सेवसहित सदस्य तथा सदस्यहरुको श्रीमान, सासु ससुराको निधनमा समवेदनासहित काजकृया खर्च, सदस्यको अप्रेशन गर्नुपरेमा, सुत्केरी भएमा, अंगभंग भएमा र घातक रोगको उपचार गराउनु परेमा आफना ऋणी सदस्यहरुलाई १० हजारसम्म आर्थिक सहयोग गर्दै आएको वताए ।
दानावारी सेवा केन्द्रले आ व ०७७÷०७८ मा कर्जा सुरक्षा तथा सामाजिक सुरक्षा रकम वितरण जानकारी दिए । गतवर्ष सेवा केन्द्रवाट सदस्यको मृत्युमा ३ जनालाई रु ४ लाख ७५ हजार ४ सय ३५ रुपैया, श्रीमानको मृत्युमा ८ जनालाई ७ लाख ३३ हजार १ सय २३ रुपैयाँ, सुत्केरी भत्तावापत २४ जनालाई ३८ हजार ५ सय रुपैयाँ, कुकुर र विरालेले टोकेको १ जनालाई ३ हजार रपैयाँ र हात खुट्टा भाँचिएकोमा ५ जनालाई ८ हजार गरी जम्मा रु १२ लाख ५८ हजार ५८ रुपैयाँ वितरण गरको उनले जानकारी गराए ।