दानावारी । 

सहारा नेपाल बचत तथा ऋण सहकारी दानावारी सेवा केन्द्रवाट सञ्चालित  माई नगरपालिका –९ मा रहेको आदर्श सहारा महिला समूहकी सदस्यलाई ऋण मिनाह गरेको छ । 

सदस्य जानुकादेवी अधिकारी भटराईको २०७८ वैशाख २४ गते भएको  निधनपछि  पिडीत परिवारलाई शुक्रवार ऋण मिनाह गरेको हो ।  परिवारलाई  एक लाख ८० हजार रुपैयाँ ऋण मिनाह गरेको दानावारी सेवा केन्द्र प्रमुख त्रिलोचन तिम्सिनाले जानकारी दिए ।