काठमाडौं ।
देशभर पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ भने थप ३ हजार ७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ९ हजार ४ सय ९३ पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ३० जना र ६ हजार १ सय ८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ समेत गरी ३ हजार ७ सय २९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा २५ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ८५ जना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृतकको संख्या शुक्रबार १० हजार नाघेको छ ।