काठमाडौं । 

 इजरायल रोजगारीका लागि जाने कामदार छनोट अघि मोलमोलाई र सोर्स फोर्सको दबाब बढेपछि वैदेशिक रोजगार विभागले सार्वजनिक सूचना जारी गरी सबैलाई सतर्क रहन आग्रह गरेको छ ।

  विभागले गत हप्ता २१ दिनको सूचना दिएर आवेदन माग गरेपछि  अनावश्यक चलखेल बढेको सार्वजनिक भएको हो । 

विभागले सूचना जारी गर्दै इजारायलका स्याहार केन्द्रहरुमा पठाइदिने भनी कामदार छनोट प्रक्रियामा निजी क्षेत्र म्यानपावर कम्पनी, कन्सल्टेन्सी, एजेन्सी एवं व्यक्तिको कुनैपनि प्रकारको भूमिका र संलग्नाता नरहने जनाएको छ ।

सहयोगी कामदार छनोटमा केबल नेपाल सरकार र इजरायल सरकारबीचको सम्झौता अनुसार गरिने  विभाग जनाएको छ । अँग्रेजी भाषको परीक्षाबाट छनोट भएका मध्येलाई अन्तर्वार्तामा बोलाइने छ । अन्तर्वार्ताबाट छनोट भएपछि रोष्टरमा नाम समावेश गरी कामदार छनोटका लागि इजरायल पठाइने छ । कामदार छनोट प्रक्रिया पूर्णरुपले निष्पक्ष हुने छ । ५ वर्षका लागि जाने कामदारले मासिक पौने दुई लाख रुपैयाँ हाराहारीमा कमाउने भएपछि चलखेल बढेको हो ।