झापा । 

 महिलाहरुको महान पर्व तीज नजिकिएसँगै तीज गीत पनि सार्वजनिक हुने क्रम वढेको छ । यसै क्रममा गायिका संगीता शिवाकोटीले ‘‘मै घुमें फनफनी’ बोलको तीज गीत बजारमा ल्याएकी छिन् ।

गायिक शिवाकोटीको प्रस्तुती रहेको गीतमा तिलक बस्नेतको शब्द, संगीत र स्वर समेत रहेको छ । सुदीप सागरको एरेन्ज रहेको गीतको म्युजिक भिडियो समेत निर्माण गरिएको छ ।

शिव बिकको निर्देशन रहेको गीतमा आकाश श्रेष्ठ र बर्षा सिवाकोटीले अभिनय गरेका छन् ।