काठमाडौं  । 

एमाले वरिष्ठ नेता माधव कुमार नेपालले केपी ओलीसँग मिसिनु राजनीतिक रुपमा आत्महत्या सरह हुने बताएका छन् ।   बिहीबार आफू निकटको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै नेता नेपालले सम्मानजनक हैसियतमा मात्रै पार्टी एकता हुनुपर्ने स्पष्ट पारे । 

‘सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुने छ ।’ नेता नेपालले भने  ‘त्यसैले हामीले सम्मानजनक हैसियतबिना ओलीसँग एकताको रटान गरेर मात्रै हुँदैन ।’

‘उनले आफु एकताकै पक्षमा भएको बताए । एकता गर्ने कुरामा कहिल्यै र कुनै सहमतिमा विमति हुँदैन बताउँदै उनले सम्मानजनक हैसियत बिनाको एकता भए भोलि उत्पन्न हुने दुष्परिणामको भागिदार आफुले बन्नुपर्ने उनको भनाई थियो ।