काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको  पछिल्लो २४ घण्टामा  ३ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ भने  बिहीबार कोभिड–१९ संक्रमणको कारण ३७ जनाको मृत्यु भएको छ ।

 मन्त्रालयले पीसीआर र एन्टिजेन गरी  १८ हजार ४ सय ८ जनाको परीक्षण गरिएको जनाएको छ । उपत्यकामा १ हजार ७५ जना नयाँ संक्रमित थपिएका छन्  जस मध्ये  काठमाडौँमा ७ सय ६६, भक्तपुर १ सय ४६ र ललितपुरमा १ सय ६३ जनामा संक्रमण देखिएको हो । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हालसम्म देशभर ९ हजार ९ सय ९४ जनाको मृत्यु भइसकेको छ ।