काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (एमाले)को माधव नेपाल पक्षले एमाले विवाद टुंगो लगाउने भएको छ । आज बस्ने केन्द्रीय कमिटी बैठकबाट एमाले विभाजन हुने नहुनेबारे अन्तिम निर्णय हुने एमाले नेताहरुको भनाई छ ।

केन्द्रीय कमिटी बैठक विहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक ब्यांक्वेटमा बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक राजनीति र पार्टी एकताका सन्दर्भमा छलफल हुने र थप एजेण्डा तय गर्न केन्द्रीय कमिटी बैठक बस्नुअघि स्थायी कमिटी बैठक बस्ने केन्द्रीय सदस्य गंगालाल तुलाधरले जानकारी दिएका छन् ।

ओली पक्षले बुधबार साँझ एक विज्ञप्ति जारी गरि नेपाल पक्षले बेलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई अपिल जारी गरेको थियो ।